टोकियो – एनआरएन जापानको कान्तो क्षेत्रिय कमिटीले जापानमा रहेका नेपालीहरुबीच हुने आकस्मिक दुर्घटना तथा भैपरी आउने समस्यामा राहत सहयोग पुरयाउन कान्तोका उपाध्यक्ष प्रेम कँडेलको संयोजकत्वमा ५ सदस्यीय आपतकालिन सहयोग समिति गठन गरेको छ ।
समितिमा क्रमश: श्रवण सत्याल, बुद्धिराज घिमिरे, मोहन रायमाझी र चन्द्रराज लामा रहनुभएको छ । समितिले पीडितको अवस्थाअनुसार आर्थिक सहयोग गर्ने अख्तियारी पाएको छ ।
जुन २४ तारिखका दिन कान्तो उपाध्यक्ष प्रेम कँडेलको अध्यक्षतामा समुद्रपारि डट कमको कार्यालय टोकियोमा बसेको चौथो बैठकले उक्त सहयोग समितिको गठन गर्नुकासाथै अघिल्लो बैठकको समिक्षा गरेको हो ।
बैठकमा अध्यक्ष ओम गुरुङलगायतका एनआरएन जापानका केन्द्रिय पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । ***