Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

काठमाडौं – राष्ट्रपति रामवरण यादवसँग नवगठित नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले राजनीतिक निकासको विषयमा छलफल गरेका छन् ।

राष्ट्रपति निवास शीतलनिवासमा १० असारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो ।वर्तमान संकटको निकासका लागि गोलमेच सम्मेलन र अन्तरिम सरकार गठन गर्नुपर्ने माग राख्दै आएको माओवादीले राष्ट्रपति यादवसँग पनि सोही कुरा राखेको भेटमा सहभागी माओवादी अध्यक्ष वैद्यले जानकारी दिए ।

वैद्य नेतृत्वको नेकपा-माओवादीको केही दिन अगाडि सम्पन्न कार्यकर्ता भेलाले प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाएर ‘अन्तरिम संयुक्त सरकार’ गठन गर्नुपर्ने निर्णय गरेको थियो । महासचिव रामबहादुर थापा, स्थायी समिति सदस्य नेत्रविक्रम चन्दलगायतका नेता भेटमा सहभागी थिए | ***

तपाईको प्रतिक्रिया