Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024

काठमाडौं – भूमिसुधार तथा व्यवस्थामन्त्री चन्द्रदेव जोशीले अबको पाँच वर्षमा देशभर डिजिटल प्रविधिबाट नापी गर्ने बताएका छन् ।

देशभर डिजिटल नापी लागू गर्ने विषयमा छलफल गर्न आयोजित पाँचदिने कार्यशाला गोष्ठीको समापन कार्यक्रममा बोल्दै जोशीले नापी प्रणालीलाई आधुनिकीकरण गर्ने बताए ।

उनले हालसम्म १२ जिल्लामा डिजिटल प्रविधि अपनाएको बताए । शुक्रबार धुलिखेलमा सकिएको सो कार्यशालामा १९ नापी कार्यालयका कर्मचारी सहभागी थिए ।

कार्यशालामा सहभागी कर्मचारीले परम्परागत प्रविधिबाट आधुनिक प्रविधिमा प्रवेश गर्न पाउँदा आफूहरूलाई खुसी लागेको बताए । देशमा रहेका उच्च मूल्यका जग्गाको नापीमा हाल डिजिटल प्रविधि अपनाउन बढी जोड दिइएको कित्ता नापी महाशाखाका उपनिर्देशक नारायण चौधरीले बताए ।

कार्यशाला कार्यक्रममा नापी विभागका महानिर्देशक कृष्णराज बिसी, भूमिसुधार तथा व्यवस्थापन विभागका जितबहादुर थापा, स्थलरूप नापी महाशाखाका उपमहानिर्देशक मधुसूधन अधिकारीलगायतको सहभागिता थियो । ***

 

 

 

तपाईको प्रतिक्रिया