म्याग्दी – म्याग्दीको दरवाङमा स्थापना गरिएको हिमाली वचत तथा क्रृण सहकारी संस्था लिमिटेडले शुक्रवारदेखि कार्यालय स्थापना गरी कारोवार सुरु गरेको छ ।
पश्चिम म्याग्दीको प्रमुख व्यापारिक स्थल मानिने दरवाङमा शुक्रवार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि म्याग्दी उद्योग वाणिज्य संघ इकाइ कार्यालय दरवाङका अध्यक्ष वीरवहादुर कार्कीले सहकारीको उदघाटन गर्नुभएको हो ।
कार्यक्रममा ओमप्रकाश शेरचन, शिवनारायण फगामी, मिम सिउथानी, रामचन्द्र पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम हिमाली वचत तथा क्रृण सहकारी संस्था लिमिटेड संचालक समितिका अध्यक्ष टंक पुनको अध्यक्षता,सचिव गोविन सिंथानीको संचालन र नेत्र गुरुङको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । ****