Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

काठमाडौं – नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको पाँचौ बैठक आजदेखि दोलखाको सदरमुकाम चरिकोटमा सुरु भएको छ । चरिकोटस्थित पानारोमा रिसोर्टमा दुई दिनसम्म बस्ने बैठकले प्रेस स्वतन्त्रता, पत्रकारहरूको सुरक्षा र आगामी दिनमा महासंघले खेल्नुपर्ने भूमिकाका विषयमा ठोस योजना बनाउने बताईएको छ ।

बैठकमा राजनीतिक सहमति टुटेको र संविधानसभा भंग भएको संक्रमणकालीन अवस्थामा पत्रकारहरूको भूमिकाका विषयमा गम्भीर छलफल हुने महासंघका महासचिव ओम शर्माले जानकारी दिनुभयो ।यस्तै बैठकले आगामी वार्षिक साधारणसभाको एजेण्डा तय गर्नुका साथै अर्धवार्षिक कार्य योजनासमेत बनाउने जनाइएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गाउँलेले नेपाली प्रेस जगत इतिहासकै सबैभन्दा संकटपूर्ण अवस्थामा गुज्रिरहेको बताउनुभएको छ । महासंघको दोलखा शाखाको निर्माणाधीन भवन शिलान्यासपछि आयोजित कार्यक्रममा उहाँले व्यवसायिक र भौतिकरुपमै प्रेस जगत असुरक्षित भएको भन्दै पत्रकारले यसअघि कहिल्यै भोग्नु नपरेको सकस अहिले भोगिरहेको बताउनुभयो । महासंघका महासचिव ओम शर्माले राजधानीमै दिनदहाडै पत्रकार कुटिनु प्रेसजगतमाथिको क्रुर आक्रमण हो भन्नुभएको छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया