Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025

काठमाडौं – दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिनका लागि ब्राजिलको रियो दि जेनेरियोमा रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता गरेका छन् ।

प्रधामन्त्री डा भट्टराईले क्युबाका राष्ट्रपति राउल क्यास्ट्रो, टर्कीका प्रधामन्त्री रेसेप टाइप इर्डोभेनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । भ्रमण दलमा सहभागी प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेलकाअनुसार सो अवसरमा प्रधानमन्त्री डा. भट्टराई र क्युबाका राष्ट्रपति क्यास्ट्रो दुई देशबीच द्विपक्षीय सहकार्य र दुई देशको मित्रतालाई अझै प्रगाढ बनाउन सहमत भएका छन् । सो अवसरमा राष्ट्रपति क्यास्ट्रोले क्युबा भ्रमणको औपचारिक निम्तो प्रधानमन्त्री डा. भट्टराईलाई दिएका छन् ।

त्यसैगरी टर्कीका प्रधानमन्त्रीसँगको भेटमा अल्पविकसित देशहरुको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै उनीहरुको आवाज विश्वसामु फैलाउन दुवै नेता सहमत भएका थिए । टर्की सरकार दुईपक्षीय सम्बन्धलाई प्राविधिक, आर्थिक र व्यापारिक सहकार्य विस्तार गर्न इच्छुक रहेको प्रधानमन्त्री भट्टराईले जानकारी दिए ।

इस्तानबुल सम्मेलनको अग्रसरता लिएकोमा प्रधानमन्त्री भट्टराईले टर्किस सरकार र क्युबाका राष्ट्रपति क्यास्ट्रोलाई नेपालकातर्फबाट धन्यवाद दिए ।

यसैगरी पेरुका राष्ट्रपति ओलान्टा हुमलासँग भएको भेटमा प्रधानमन्त्री डा. भट्टरार्ईले हिमाली क्षेत्रको प्रवर्धनका लागि सहकार्य गर्न आग्रह गरेका छन् । सोही अवसरमा हुमलाले सो विषयमा अन्तर्राष्ट्रिय सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राष्ट्रपति हुमलाले दुई देशका विज्ञ र नेताहरुको एक अर्का देशमा भ्रमण गराएर पर्वतीय विषयमा छलफल एवम् अन्तक्रिया गरी अनुभव आदानप्रदान गर्न प्रस्ताव राखेको थाहा भएको छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया