Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

काठमाडौं – पाकिस्तानको रावलपिन्डीस्थित लागुऔषधसम्बन्धी मुद्दा हेर्ने एक अदालतले पाकिस्तान पिपुल्स पार्टी (पिपिपि) का तर्फबाट प्रधानमन्त्री पदका लागि अगाडि सारिएका उम्मेदवार मोहम्मद साहबुद्धिनलाई बिहीबार पक्राउ गर्न आदेश दिएको छ । साहबुद्धिनमाथि स्वास्थ्यमन्त्री भएका वेला गैरकानुनी रूपमा लागुपदार्थको कारोबारमा संलग्न रहेको आरोप छ ।

त्यस्तै, अदालतले सोही मुद्दामा जोडिएका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीका छोरा अली मुसा गिलानीलाई पनि पक्राउ पुर्जी जारी गरेको हो । स्वास्थ मन्त्रालयका पूर्वनिर्देशक जुमा खानको बयानलाई आधार मानी प्रहरीले साहबुद्धिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । साहबुद्धिनमाथि पदको दुरुपयोग गरी एक औषधी कम्पनीलाई कोटाभन्दा बढी औषधी उत्पादन गर्न अनुमति दिएको पनि आरोप लगाइएको छ । जुमा खान हाल एन्टी नार्कोटिक्स फोर्स (एएनएफ) को हिरासतमा रहेको बुझिएको छ ।

एएनएफले कैयौंपटक साहबुद्धिन तथा मुसा गिलानीलाई सोधपुछका लागि बोलाए पनि उनीहरू उपस्थित भएका छैनन् । सो घटनाको छानबिन एएनएफ रावलपिन्डीका पूर्वब्रिगेडियर पहिमले गरिरहेका छन् ।  यसअघि अदालतको आदेशको अवमूल्यन गरेको आरोपमा पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी प्रधानमन्त्री पदका लागि अयोग्य भएको ठहर गरिएको थियो । ***

 

तपाईको प्रतिक्रिया