Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

काठमाडौं – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नवगठित माओवादी महासचिव रामबहादुर थापाले आ-आफ्ना कार्यकर्ताबीच झडपको स्थिति आउन नदिने समझदारी गरेका छन् ।

पार्टी फुटपछि जिल्ला-जिल्लामा कार्यकर्ताबीच झडप हुने देखिएकाले उनीहरूले फोन वार्ता गरी त्यस्तो समझदारी गरेका हुन् । विभाजित कार्यकर्ताबीच झडपको स्थिति आउन नदिन कुराकानी भएको स्रोतले बताएको छ । दुवै पक्षबाट भिडन्तमा नजाने समझदारी भएको छ । अध्यक्ष दाहालले बुधबार मात्रै भौतिक आक्रमणबाट जोगिन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका थिए ।

वैचारिक मतभेदका कारण अलग हुनुपर्ने बाध्यता बुझेर कम्तीमा पनि कार्यकर्ताबीच रक्तपात हुन नदिन दुवै पक्षले निर्देशन दिनुपर्ने समझदारी भएको हो । जिल्ला-जिल्लामा कार्यालय विवादको विषय झगडा गरेरभन्दा बहुमतका आधारमा वा अन्य समझदारीबाट सुल्झाउने पनि उनीहरूबीच कुराकानी भयो । कार्यालय विभाजनबारे मापदण्ड बनाउन दुवै नेता सहमत भएको स्रोतले जनायो । ***

तपाईको प्रतिक्रिया