Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024

काठमाडौं – गएको जेठ महिनामा दैनिक झन्डै २ हजारका दरले नेपाली युवा कामका लागि बिदेसिएका छन् । मुलुकभित्र बढेको राजनीतिक अस्थिरताले रोजगारीका सम्भावना न्यून भएपछि युवा जनशक्ति विदेश पलायन हुने क्रम गत महिना अस्वाभाविक रूपमा बढेको हो ।

वैदेशिक रोजगार विभागकाअनुसार जेठमा ५७ हजार ५ सय ७८ युवा बिदेसिएका छन् । यो अघिल्लो जेठको तुलनामा झन्डै २७ प्रतिशतले बढी हो । गत आवको जेठमा संस्थागत र व्यक्तिगत गरी कुल ४१ हजार ४ सय ६४ कामदार वैदेशिक रोजगारीमा गएका थिए ।

जेठमा विदेश जाने संख्या यो आर्थिक वर्षकै बढी हो । वैशाखको तुलनामा पनि यो संख्या ८ हजार ३ सय २५ ले बढी छ । यो अवधिमा वैदेशिक रोजगारीमा जाने पुरुष कामदार संख्या ४ लाख २० हजार ९० पुगेको छ भने महिलाको संख्या ११ हजार ७ सय ४ छ । सरकारले विदेशी भूमि प्रयोग गर्दै विदेश जानेमाथि निगरानी र कडाइ गरेपछि वैध मार्ग हुँदै जानेहरू बढेको व्यवसायीले बताएका छन् ।

मुलुकभित्रै थप लगानी भित्रिने र रोजगारीका अवसर सिर्जना हुने अपेक्षा रहे पनि संविधान नबन्दा आर्थिक क्षेत्रमा निराशा बढेपछि काम खोज्दै बिदेसिने युवा बढेका हुन् । देशमा रोजगारका न्यून अवसरले युवाका लागि वैदेशिक रोजगारी एकमात्र विकल्प बनेको छ ।

बिदेसिनेमध्ये अधिकांश मलेसिया र खाडी मुलुक गएका छन् । यी मुलुकमा नेपालीले पाउने पारिश्रमिक पनि बढेको छ । सुविधासँगै बिदेसिनेको संख्या बढ्दा यो आर्थिक वर्ष रेमिट्यान्स पनि बढ्ने अनुमान गरिएको छ । अमेरिकी डलरलगायत सबै विदेशी मुद्राको मूल्य बढेकाले रेमिट्यान्स पाउने परिवारको आम्दानी पनि बढ्नेछ ।

“वैदेशिक रोजगारीमा जानेको संख्या बढ्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ,” वैदेशिक रोजगार सुधारसम्बन्धी उच्चस्तरीय कार्यदलका संयोजक डा. गणेश गुरुङ भन्छन्, “राजनीतिक अस्थिरताले स्वदेशमा काम नपाएपछि विदेश जानु निर्विकल्प बनेको छ ।”

नेपाली श्रमबजारमा वार्षिक ४ लाख युवा रोजगारीको खोजीमा प्रवेश गर्ने गरेको विभिन्न सर्वेक्षणले देखाएका छन् । तर, देशमा आन्तरिक रोजगारीको अवस्था भने ज्यादै न्यून छ ।

तपाईको प्रतिक्रिया