Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

टोकियो – गतबर्षको महाभूकम्प तथा सुनामी पश्चात क्षतिग्रस्त भएको फुकुसिमा दाईइचि आणबिक भट्टीबाट वरपरका बासिन्दाहरुले गत सोमबार जापान सरकारको आणबिक सुरक्षा परिषद र टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) का उच्च पदस्थ कर्मचारीहरुको बिरुद्धमा मुद्दा दर्ता गराएका छन ।

१३२४ जना फुकुसिमाबासीले ३३ जना टेप्कोका पदाधिकारी र आणबिक सुरक्षा परिषद बिरुद्धको मुद्दा फुकुसिमास्थित स्थानिय अदालतमा दर्ता गराएका हुन । उनिहरुले आणबिक सुरक्षा परिषदले आणबिक भट्टीको सुरक्षा कायम गर्ने कार्यमा बेवास्ता गरेको दोष लगाएका छन । जसका कारण त्यसबाट धेरै क्षति बेहोर्न परेको बताईएको छ ।

त्यसैगरी, सुनामी पश्चात पनि आणबिक भट्टी भित्रको रडहरु पग्लनु तथा अन्य क्षति भई, त्यसबाट निस्केको बिकिरणको बारेमा पनि सत्यतथ्य समाचार र जानकारीहरु स्थानिय बासिन्दाहरुलाई उपलब्ध नगराएको कारण धेरै क्षति बेहोर्न परेको उनिहरुले उजुरीको क्रममा उल्लेख गरेका छन ।

स्थानिय जनताहरुको तर्फबाट नेतृत्व गरिरहेका वकिल कावाई हिरोयुकीले जनताको आवाज नै सबैभन्दा महत्वपूर्ण हुने भएकोले यस बारेमा यथाशिघ्र अनुसन्धान हुनु आवश्यक रहेको बताएका छन् । त्यसको लागी हामीले आज पहिलो पाईला शुरु गरेका छौं’-वकिल हिरोयुकीले अगाडि भने । सरकार र टेप्कोका पदाधिकारीहरुको तर्फबाट गरिनुपर्ने दायित्वबोधमा कमी देखिएकोले यस किसिमको मुद्दा दायर गर्नुपरेको उनको भनाई छ । स्थानिय जनताको तर्फबाट दर्ता गरिएको मुद्दामा टेप्कोका पूर्वअध्यक्ष र बर्तमान अध्यक्षहरु क्रमशः मासाताका सिमिजु र चुनेहिसा काचुमाता तथा आणबिक सुरक्षा परिषदका प्रमुख हारुकी मादारामे लगायतका ब्यक्तिहरुको नाम उल्लेख गरिएको छ ।

 

स्मरण रहोस, गतबर्षको महाभूकम्प तथा सुनामीका कारण २० हजार जना भन्दा बढिको ज्यान गएको थियो भने त्यतिनै संख्यामा अझै बेपत्ता छन । त्यसैगरी सुनामीका कारण क्षतिग्रस्त आणबिक भट्टीबाट निस्केको बिकिरणका कारण वरपरका गाउँ नै खाली गरी स्थानियबासीहरु अन्यत्र जानुपरेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया