Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025

काठमाडौ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मानव जगतका निम्ति समतामूलक, दिगो र न्यायपूर्ण प्रगति हासिल गर्न महत्वाकांक्षी एवम् दीर्घकालीन सोच र त्यसअनुरुपका कार्यक्रमहरू तय गर्न विश्वव्यापी ऐक्यबद्धता, सहकार्य र आपसी सहयोग आवश्यक छ भन्नुभएको छ ।

दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उहाँले उपयुक्त आर्थिक, सामाजिक एवम् वातावरणीय आयामहरूको दिगो विकासका लागि विश्वको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री डा. भट्टराईले आफ्नो सात मिनेट लामो मन्तव्यका क्रममा अल्पविकसित देशहरूले बेहोरिरहेको अतिकम विकास र गरिबी निवारण जस्ता समस्यासँग जुध्नका लागि विश्वले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

स्रोत, साधन, प्राविधिक क्षमता र बढी उत्तरदायित्व बहन गर्न सक्ने राष्ट्रहरूलाई यस प्रक्रियामा नेतृत्व लिन आह्वान गर्दै प्रधानमन्त्री डा. भट्टराईले भूमण्डलीकरणको असरबारे उचित मूल्याकंन हुनुपर्ने र अल्प विकासका मुख्य कारणप्रति विशेष ध्यान दिन माग गर्नुभयो ।

विद्यमान आर्थिक अवस्थालाई सम्बोधन गर्नका लागि सबै जनता र देशले आधारभूतरुपमा साझा अवधारणामा पुग्नुपर्नेमा जोड दिँदै उहाँले सबै देशहरूको अधिकार र प्रतिष्ठालाई जोगाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री डा. भट्टराईले भन्नुभयो– ‘हाम्रो विकास झनै चुनौतीपूर्ण र जटिल बन्दै गएको छ तर त्यसलाई सम्बोधन गर्ने क्षमता सीमित छ । अन्तर्राष्ट्रिय सम्पत्ति केही निश्चित समूहसँग मात्र रहेकाले गरिब र धनीबीचको खाडल झनै बढ्दो छ ।’

प्रधानमन्त्रीले अल्पविकसित मुलुकहरूको दिगो विकासका प्रयासलाई बृहतरुपमा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दै सन् २०१५ पछिका दिगो विकासका लक्ष्यहरूलाई नेपालले मुख्य सरोकार र प्राथमिकतामा राख्ने सोच बनाएको बताउनुभयो ।

हरित अर्थतन्त्रलाई स्वच्छ, समतामूलक र विभेदरहित व्यापार प्रबद्र्धन गर्ने माध्यमका रुपमा संरक्षण दिनुपर्ने धारणा व्यक्त गर्दै उहाँले हरेक देशले सार्वभौम समानता र विकास प्रक्रियामा स्वामित्वको सिद्धान्तअनुरुप विकास पथमा अघि बढन पाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

दिगो विकासको संस्थागत संरचनाका लागि राष्ट्रसङ्घअन्तर्गतका निकायहरूमा सुधार गर्नु जरुरी रहेको बताउँदै अति कम विकसित राष्ट्रहरूको दिगो विकासको मुद्दालाई सहयोग गर्ने धारणा पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । रासस

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया