Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको चितवन जिल्ला कार्यसमिति बिघटन गरेको छ । बुधबार सानेपामा बसेको पार्टीको केन्द्रीय समिति बैठकले ६ महिनाभित्र नयाँ कार्यसमिति चयनका लागि चुनाव गर्नेगरी जिल्ला समिति विघटन गरेको हो ।

नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा जिल्ला नेतृत्वको कमजोरी रहेको ठहर गर्दै बैठकले जिल्ला कार्यसमिति भंग गरेको हो । घटनाको छानबिन गर्न पार्टीका तर्फबाट गठित समितिले जिल्ला सभापति विकास कोइरालाले कार्यकर्ताको संरक्षण गर्न नसकेको ठहर गर्दै उनलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।

बैठकमा भने कोइरालालाई निलम्बन गर्ने कि जिल्ला कार्यसमिति नै भंग गर्ने भन्ने विवाद भएपछि ६ महिनाभित्र नयाँ नेतृत्वका लागि चुनाव गर्ने गरी जिल्ला समिति विघटन गरिएको हो । ‘महामन्त्री कृष्णा सिटौला संयोजक रहेको समितिको प्रतिवेदनलाई आधार बनाएर केन्द्रीय समितिले चितवन जिल्ला कार्यसमिति भंग गर्ने निर्णय गरेको हो । हत्या अभियोगमा जिल्ला कारागारमा रहेका पौडेलमाथि २० मंसिरमा आक्रमण भएको थियो । आक्रमणपछि गम्भीर घाइते भएका पौडेलको २ पुसमा उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया