Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024
काठमाडौं- संविधानसभा विघटन भएपछि पहिलो पटक छलफलमा जुटेका प्रमुख दलहरुले सहमतिको यात्रा सुरु भएको जनाएका छन् ।
कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकपछि शीर्ष नेताहरुले बुधवारदेखि सहमतिको यात्रा सुरु भएको बताएका हुन् ।
बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिको विकल्प नभएको र सहमतिको यात्रा फेरि सुरु भएको प्रतिक्रिया दिनुभयो । उहाँले विगतका गल्ती कमजोरी बारे समीक्षा भएको र अब सहमतिका साथ सबै दल अगाडि बढ्ने बताउनुभयो ।
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले माओवादी अध्यक्ष प्रचण्डले सबै विकल्पमा छलफल गर्न आफू तयार रहेको बताउनुभएको र जहाँबाट सहमति टुटेको थियो त्यहीँबाट सहमतिको खोजी गर्ने सहमति भएको बताउनुभयो ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सहमतिको प्रस्तावविन्दु केलाई बनाउने भन्नेमा सहमति जुटाउन बाँकी रहेको बताउनुभयो । त्यस्तै मोर्चाका नेता महन्थ ठाकुरले संघीयताको विषयमा सहमति नभएको र त्यहींबाटै सहमति खोजिने बताउनुभयो । संविधान बन्न नसक्नुको दोष एकअर्कालाई लगाउँदै आएका दलहरुबीच बुधवार सहमतिको लागि छलफल भएको हो ।***
तपाईको प्रतिक्रिया