Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

सोलुखुम्बु-  एकीकृत नेकपा माओबादीका पोलिट्व्यूरो सदस्य गोपाल किँरातीले मोहन बैद्य नेतृत्वको नयाँ पार्टीको हालत नेकपा मालेको जस्तै हुने दाबी गरेका छन् ।

सोलुखुम्बुको सल्लेरीमा बुधबार भएको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका किराँतीले बैद्यले पार्टी फुटाएर समग्रमा राम्रो गरेको टिप्पणी गरे। ‘बादलजीको बामदेबजस्तै हुन्छ, सीपी गजुरेलको सीपी मैनालीजस्तै हुन्छ, उनीहरु पतनको बाटोमा हिँडिरहेका छन्,’ किराँतीको टिप्पणी छ।
अब हुने निर्वाचनमा बैद्यको नयाँ पार्टीको एक सिट भन्दा नआउने जिकिर समेत गरे। ‘एकीकृत माओवादीले सहानुभुति देखाए महासचिव बादलले मात्र चुनाव जित्न सक्छन्, अरुको त सम्भावनानै छैन,’ किराँतीले भने। ***

 

तपाईको प्रतिक्रिया