Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024
काठमाडौं– कार्यक्रम थियो, एकीकृत नेकपा माओवादीबाट टुक्रेको नयाँ पार्टी नेकपा–माओवादीको पत्रकार सम्मेलन । प्रज्ञा प्रतिष्ठानको भवनमा अटाई नअटाई कार्यकर्ता थिए ।
पहिले महासचिव रामबहादुर  थापा ‘बादल’ले नयाँ पार्टी निर्माणको पृष्ठभूमिमा भएको कार्यकर्ता भेलाको निर्णय सुनाए । कार्यक्रम सञ्चालक पार्टी सचिव सीपी गजुरेलले पत्रकारका लागि फ्लोर ओपन गरे ।
नयाँ पार्टीका अध्यक्ष मोहन वैद्यलाई नयाँपत्रिकाका नेत्र पन्थी, कान्तिपुरका गंगा बीसी, नेपाल एफएमका दीपेन्द्र खड्कालगायतले प्रश्न गरे । यसबीचमा निस्किए रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमला । उनले सोधे– कमरेड किरण तपाईंको पार्टी ज्ञानेन्द्रसँग मिलेको छ भन्छन् नि । यसो भनिसक्दा नसक्दै कार्यकर्ताले हुटिङ गरे, ‘ऋषि आउट आउट ।’
कार्यकर्ता यति आक्रोशित भए कि धमलालाई हिर्काउला, कुँटुलाजस्तो गरे । तर ऋषिले बोल्न छाडेनन् ।
धमलालाई बोल्न अवरोध गरेकोमा अरु त बोलेनन् । नयाँपत्रिकाका अरुण बरालले भने– माओवादी जनयुद्धमा पनि पत्रकार पेलिए, अघि ऋषिजीलाई पनि बोल्न दिइएन । तपाईंको पार्टीको धारणा के हो ? उनले यसो नभन्दै गजुरेलले भने– तपाईंको गन्थन होइन, प्रश्न गर्नुस् प्रश्न । बरालले फेरि थपे– मेरो प्रश्नै यहि हो कि पत्रकारलाई हेर्ने दृष्टिकोण के ? उनको जवाफ वैद्यले दिए– श्रमजीवी पत्रकारको सम्मान गर्दछौं । ***
तपाईको प्रतिक्रिया