Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024
आफ्नै नेतृत्वमा सरकारः पौडेल
काठमाडौं- भ्रातृ संगठन विवादका कारण ९ महिनादेखि बहिष्कार गर्दै आएका बरिष्ठ नेता शेरबहादुर देउवा मंगलबारदेखि केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।
भ्रातृ संगठनमा सभापति सुशील कोइरालाले देउवा समूहलाई पनि सहभागी गराएपछि उनी बैठकमा गएका हुन् ।
यसैबीच कांग्रेसले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्ने निर्णय गरेको छ ।  राजनीतिक संकट लम्बिए खतरा हुने भन्दै काँग्रेसले सकै राजनीतिक दलसँग राष्ट्रिय सहमतिका लागि वार्ता र छलफल सुरु गर्ने निर्णय गरेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
बैठकले ढिलो गरे आफैलाई घाटा हुने ठहर गर्दै छिटै बैकल्पिक प्रधानमन्त्री तय गरी दलहरुसँग परामर्श गर्ने निर्णय गरेको हो । बैठकमा सभापति सुशील कोइरालाले राष्ट्रपति रामबरण यादवले कुनै पनि बेला सहमतिको लागि समय सीमा तोकिदिन सक्ने भन्दै त्यो भन्दा पहिले नै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको सोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया