Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024
कार्यकर्ताले भने- एकल पहिचान नमान्नू
काठमाडौं- आदिवासी जनजाति र मधेसी नेताहरुको असन्तुष्टि एमालेभित्र झन् चुलिने भएको छ । राष्ट्रिय कार्यकर्ता भेलाले एकल पहिचान नमान्न नेतृत्वलाई सुझाव दिएपछि असन्तुष्टि झन् चुलिने भएको हो ।
अगुवा कार्यकर्ताले एकल जातीय पहिचानको आधारमा राज्य पुर्नसरचना गर्ने मागलाई कुनैपनि हालतमा स्वीकार नगर्न नेतृत्वलाई सुझाब दिएका हुन् । उनीहरुले बहुजातीय पहिचानका आधारमा मिश्रित नाम सहितको संघीयतामा अडिग रहन पार्टीलाई सुझाब दिएका हुन् ।
अध्यक्ष झलनाथ खनालले पेश गरेको राजनीतिक प्रतिबेदनमाथिको छलफलका लागि बनाईएका सबै ६ वटा समुहका टोली नेताहरुले मंगलवार पालै पालो छलफलको निष्कर्ष सुनाउदै बहुपहिचानको पक्षमा अडिग रहेर देश र पार्टी भित्रको समस्या समाधान गर्न सुझाब दिएको श्रोतले जनाएको छ ।
उनीहरुले पार्टीका असन्तुष्ट नेताहरुलाई अझै पनि पार्टीमा आएर आफ्ना कुरा राख्न आग्रह गर्ने र छलफलबाटै समस्या समाधान गर्ने पक्षमा पार्टी नेतृत्व उभिनुपर्ने सुझाब दिएका छन् । असन्तुष्ट नेताहरु भेलामा समेत उपस्थित नभएकोमा उनीहरुले दुख ब्यक्त गरेका छन् ।
एमालेले एकल पहिचान नमान्दा संविधानसभा विघटन भएको आरोप लगाउँदै एमालेका आदिवासी जनजाति र मधेसी नेताहरु कुनै पनि बैठकमा सहभागी भएका छैनन् ।
तपाईको प्रतिक्रिया