Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024
काठमाडौं– एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले १२ बुँदे सम्झौताको विरोध गर्ने राजसंस्था र रिमसहित देश भित्र र बाहिरका शक्तिहरुले पार्टी फुटाएको दाबी गरेका छन् ।
बैद्य समूहले १२ बुँदे सम्झौतालाई नै गलत भनेकोले राजसंस्थासहितका शक्तिहरुसँगको साठगाठ पुष्टि भएको गजुरेलले बताए । ‘रिम पार्टी एकता भन्दा पार्टी फुटाउनै लाग्ने गरेको  विगतको ईतिहास छ,’ उनले भने, ‘बैद्यजीको समूहसँग रिमको सम्बन्धका कारणले पनि त्यस्तो कुरा पुष्टि हुन्छ ।’
१२ बुँदे सम्झौता गलत भन्दा राजतन्त्र विरुद्धको आन्दोलन र गणतन्त्र नै ठिक थिएन भन्न चुनौति दिदै गजुरेलले १२ बुँदे सम्झौता र त्यसका हस्ताक्षरकारी दलहरुवीचको सहकार्य अझै पनि आवश्यक रहेको तर्क गरे । उनले भने– ‘१२ बुँदे सम्झौता हुँदा भारतसँग सहकार्य भएकै हो । अन्तर्राष्ट्रिय समर्थन विना  कुनै पनि परिवर्तन संस्थागत गर्न सकिदैन । लक्ष्य प्राप्त गर्न सबै सँग सम्बन्ध राख्नु पर्छ । त्यसैले भारत, चिन, अमेरिका सहितका सबै मुलुकसँग हाम्रो राम्रो सम्बन्ध छ ।’
उनले शान्ति र संविधानको कोर्स नै बाँकी रहेकोले भारतसँगको सहकार्य जारी नै रहेको स्विकार्दै यो कोर्स नसकिदासम्म भारत परस्तताको आरोपमा कुनै तुक नहुने दावी गरे ।
उनले शान्ति र संविधान निर्माण कार्य अझै बाँकी रहेकोले १२ बुँदे सम्झौत गर्ने पक्षहरुसँगको सहकार्य अझै आवश्यक रहेको भन्दै दलहरुवीच सहमति नहुन्जेलसम्म संविधानसभाको निर्वाचन समेत हुन नसक्ने बताए । उनले भने– ‘यथास्थितिमा चुनाव हुन सक्दैन । दलहरुवीच अहिले आक्रोस छ, एक अर्का प्रति त्यो शान्त भए पछि फेरि सहमति बन्छ र मुलुक अघि बढ्छ ।’
तपाईको प्रतिक्रिया