Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024
काठमाडौ- नेपाल टेलिभिजनले कांग्रेस एमाले लगायत २६ दलहरूले खुलामञ्चमा गरेको आमसभाको प्रत्यक्ष प्रसारण गरेको आरोपमा त्यसका कायममुकायम महाप्रबन्धक दीपकमणि धिताललाई कारबाही गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सरकारी विरोधी प्रतिपक्षी कांग्रेस, एमालेसहित २७ दलले जेठ २६ गते खुलामञ्चमा गरेको आमसभाको प्रत्यक्ष प्रसारण गरेकामा कारबाहीस्वरूप धिताललाई कामु महाप्रबन्धकबाट पदमुक्त गरेको हो । मन्त्रिपरिषद्ले सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवको पक्षपातपूर्ण सिफारिसमा कामु महाप्रबन्धक धिताललाई कारबाही गरी नायब महाप्रबन्धकमा घटुवा गरिएको जानकारी एक मन्त्रीले दिए ।
नेपाल टेलिभिजनबाट २७ दलको आमसभाको प्रत्यक्ष प्रसारण भएपछि सञ्चारमन्त्री यादवसहित कतिपय मन्त्रीले कामु महाप्रबन्धक धिताल र समाचार प्रमुख राजेन्द्रदेव आचार्यलाई पटक-पटक टेलिफोन गरी कांग्रेस-एमालेको पक्षपोषण गरेको भन्दै धम्क्याएको जानकारीसमेत स्रोतले दिएको छ । नेपाल टेलिभिजनले माओवादीद्वारा राजधानीमा असार १ मा आयोजित आमसभाको समेत प्रत्यक्ष प्रसारण गरेको थियो । यसैबीच नेपाल पत्रकार महासंघले सोमबार नै विज्ञप्ति जारी गरी प्रतिपक्षी दलहरूद्वारा आयोजित कार्यक्रम प्रत्यक्ष प्रसारण गरेको पृष्ठभूमिमा मन्त्रिपरिषद्ले धिताललाई कामु महाप्रबन्धकबाट पदमुक्त गरेकामा विरोध जनाएको छ ।
सरकारी निर्णयको नेपाल टेलिभिजन पत्रकार महासंघ प्रतिष्ठानले भत्र्सना गर्दै निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ । ‘सरकारी निर्णयले नेपाल टेलिभिजनको व्यावसायिकता र निष्पक्षता कायम हुन सक्दैन,’ प्रतिष्ठानले भनेको छ ।
तपाईको प्रतिक्रिया