Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024
काठमाडौं– लामो समयदेखि दुई लाइन संघर्ष गर्दै आएको माओवादी औपचारिकरुपमै विभाजित भएको छ । बरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’को नेतृत्वमा नयाँ पार्टी गठन भएको हो ।
नेकपा, माओवादी नामको पार्टीको अध्यक्ष वैद्य छन् भने महासचिव रामबहादुर थापा र सचिवमा सीपी गजुरेलको टुंगो लागेको छ । अन्य पदको टुंगो लागेको छैन । मंगलबार सकिने राष्ट्रिय कार्यकर्ता भेलाले पत्रकार सम्मेलन गरी नयाँ पार्टी घोषणा गर्नेछ ।
दस वर्षे जनयुद्ध, संविधानसभा हुँदै सवैभन्दा ठूलो पार्टीमा भएको माओवादीको फुटले अन्तर्राष्ट्रिय क्षेत्रसम्म तरंग पैदा भएको छ । माओवादीको फुटले अबको राजनीति कुन दिशातिर जाने हो भन्नेमा पनि अन्यौल सिर्जना भएको छ ।
फुट र जुटको राजनीति नेपालमा नौलो त होइन तर संविधानसभामार्फत संविधान नबनेको अवस्थामा माओवादीको फुटले राजनीतिक संकट झन् गहिरिने अनुमान गरिएको छ ।
किन फुट्यो ?
माओवादीमा हार्डलाइनर भनेर चिनिने बरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहसँग कार्यदिशाका विषयमा सँधै विवाद थियो । उनी शान्ति प्रक्रियाको जारी अवस्थाप्रति असन्तुष्ट दिए ।
खरिपाटी र पालुङटार विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शान्ति र संविधानको कार्यदिशामा उनको असहमति थियो । ती बैठकमा वैद्यले छुट्टै प्रतिवेदन पेश गरे । पालुङटार विस्तारित बैठकमा दाहाल पनि जनविद्रोहमा जान सहमत त भए तर पुनः केन्द्रीय समिति बैठकबाट कार्यदिशा परिवर्तन भयो ।
शान्ति र संविधानको कार्यदिशामा अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराई दाहालसँगै मिले । तर दाहालविरुद्धको धोविघाट बैठकमा भट्टराई वैद्यसँगै गए । पछिल्लो समय निकै चर्चित धोविघाट बैठकको निर्णयअनुसार भट्टराई प्रधानमन्त्री भए ।
भट्टराई प्रधानमन्त्री हुनु अगाडि मधेसी मोर्चासँग भएको चार बुँदे सम्झौतामा आफूलाई छलेपछि वैद्य रुष्ट भए । सरकारमा पनि आफ्नो विचार समूहबाट पठाएनन् । यहिँबाट औपचारिक सम्बन्च चिसियो ।
भट्टराई प्रधानमन्त्री भएपछि सेना समायोजन, संविधान र सरकारका निर्णयमा वैद्य असहमत भए । चार बुँदे सहमतिमा मधेसीलाई सेनामा सामूहिक समायोजन गर्नेलगायतका बुँदामा आपत्ति जनाइरहे ।
पछिल्लो समय दलहरुबीच भएका सहमतिप्रति पनि आपत्ति जनाइरहेका वैद्य लामो समयदेखि पार्टीका बैठकमा गएका थिएनन् । अझ भट्टराईको राजीनामा माग गर्दै सडकमै ओर्लिए । अन्यत्यमा पार्टी फुटाइछाडे ।
तपाईको प्रतिक्रिया