Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024
काठमाडौं–राष्ट्रपति डा. रामवरण यादवले प्रतिपक्षीको विरोधका बीच सरकारले सिफारिस गरेको दुई वटा अध्यादेश सोमबार जारी गरेका छन् ।
पारस्परिक कानुनी सहायता अध्यादेश २०६९ र सुपर्दगी अध्यादेश २०६९ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष व्यक्त गरेका प्रतिबद्धता र राष्ट्रिय हितलाई समेत दृष्टिगत गरी नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम पारस्परिक कानुनी सहायता अध्यादेश, २०६९ र सुपर्दगी अध्यादेश, २०६९ जारी गर्नुभएको छु विज्ञप्तिमा भनिएको छ।
यसअघि कांग्रेस, एमाले सहित २७ दलले राष्ट्रपति समक्ष कामचलाउ सरकारले पेस गर्ने अध्यादे जारी नगर्न लिखित आग्रह गरेको थियो ।
तपाईको प्रतिक्रिया