Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

दाङ । समाजमा सँधै अपमानको पात्रका रुपमा जीवन बिताउँदै आएको गन्धर्व जातिको समस्याका बारेमा हरप्लेसले छलफल गरेको छ । हापुर गाविस-७ नयाँबस्तीमा रहेको गन्धर्व बस्तीमा गएर हरप्लेसले उनिहरुसंगै छलफल गरेको हो । हरप्लेसको घुम्ती सञ्चार अभियान अन्तर्गत गरिएको छलफलका क्रममा त्यहाँ उपस्थित गन्धर्व जातिहरुले गन्धर्व जातिले पुर्खादेखि नै गर्दै आएको सारंगी बजाउने पेशा संकटमा परेकाले गन्धर्वहरु भोकमरीको समस्यामा परेको बताएका थिए ।

पछिल्ला दिनहरुमा गाँउघरमा बिष्टहरुको घरमा गएर सारंगी बजाएर कलागला बेची एकमुट्ठी जुटाउने पेशालाई समाजमा मागी खाने पेशाका रुपमा मात्र बुझ्ने गरेकाले सारंगी पेशा संकटमा पर्दै गएको उनिहरुको भनाई रहेको थियो । ‘हाम्रो पुर्खाले मान्दै आएको सारंगी बजाएर कला र गला गाउँघरमा गुञ्जाउने पेशालाई गलत रुपमा बुझेर हामीलाई सँधै अपमानित गरिन्छ – नारायणपुर गाविस-२ का बालाराम गन्धर्वले भन्नुभयो, कसरी हामी गाँउ जान सक्छौ त ।’ गन्धर्वको पेशा सारंगी पेशा संकटमा पर्नुमा कमजोरलाई हेप्ने अपमानित गर्ने गरेका कारण नै भएको गन्धर्वको भनाई रहेको छ । सारंगी बजाएर गाँउघरमा जानुलाई सँधै माग्न आएको भनेर बुझ्ने गरिन्छ-हापुर गाविस-२ नयाँबस्तीमा युवा बिजय गन्धर्वले भन्नुभयो, अब हामी अपमान हैन सम्मान चाहन्छौ । सो अवसरमा उनिहरुले गन्धर्वहरुले अन्य काम गर्न खोजेपनि सहजरुपमा पाउन नसकिने, अपमानित भैरहेपनि कहिले सारंगी बजाउँदै गाउँघरमा त कहिले काठमाडौंमा रहेको इट्टाभट्टाहरुमा काम गर्ने जाने गरेका, बालवालिकाहरु पढाईबाट बञ्चित भएको, विद्यार्थीहरुले छात्रबृत्ति नपाएको, राज्यबाट पाउने कुनैपनि सेवासुबिधा पाउन नसकेको लगायतका गुनासो गरेका थिए ।

कार्यक्रममा उपस्थित जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह, जिविसका योजना अधिकृत जीवन ज्ञवाली, हरप्लेसका कार्यकारी प्रमुख टोपबहादुर खड्का, निर्माण ब्यवसायि संघ दाङका अध्यक्ष बलिभद्र राना, आरआरएन दाङका प्रमुख विकास चौधरी लगायतले आफ्नो तर्फबाट सक्दो सहयोग उपलब्ध गराईने जानकारी दिनुभएको थियो । कार्यक्रममा गधर्व संयुक्त संघर्ष समितिका संयोजक सुशिल गन्धर्व, गन्धर्ब कला संगीत सँस्कृति संरक्षण मञ्च दाङका अध्यक्ष सन्तोष गन्धर्व, बालविकास प्रावि हापुर – ९ नयाँबस्तीका प्रधानाध्यापक नगेन्द्र नेपाली, सारंगी प्रशिक्षक बालाराम गन्धर्व, टोपबहादुर गन्धर्व, रमा गन्धर्व, बिजय गन्धर्व, विमला गन्धर्व, कमला गन्धर्व लगायतले आफ्नो समस्या राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण नेत्र केसी र विनोद केसीले गर्नुभएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया