Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024
काठमाडौं- संविधानसभा विघटनपछिको संवैधानिक र राजनीतिक संकट निकासका लागि पार्टीले खेल्ने भूमिका लगायत विषयमा सुझाव लिन सोमबारदेखि एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ ।
भेलामा जान असन्तुष्ट जनजाति र मधेसी नेताहरूले मानेनन् ।  संविधानसभा विघटनपछि मुलुकभरका कार्यकर्तामा समान धारणा बनाउने र त्यही अनुसार प्रस्तुत हुने उद्देश्यले भेला आयोजना गरेको एमालेले जनाएको छ ।
सचिव विष्णु पौडेलेका अनुसार भेलामा अध्यक्ष झलनाथ खनालले संविधानसभा विघटन, पार्टीले संविधान निर्माणमा खेलेको भूमिका र वर्तमान राजनीतिक निकासबारे प्रवितेदन पेश गर्ने छन् । केन्द्रीय समितिको यसअघिको बैठकले गरेका निर्णयले उल्लेख गरेका बिषयमै केन्द्रित भएर अध्यक्षले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।
भेलामा उपाध्यक्ष अशोककुमार राई, पोलिटब्यूरो सदस्य पृथ्वि सुब्बा गुरुङ, रामचन्द्र झा, केन्द्रीय सदस्यहरु किरण गुरुङ, रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, अजम्बर काङमाङलगायत अनुपस्थित छन् ।
तपाईको प्रतिक्रिया