Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले सेरोमोनियल राष्ट्रपतिले सरकार गठन विघटनको नाममा राजनीतिक गर्न नमिल्ने बताएका छन् ।
राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी पौडेलले राष्ट्रपतिलाई उक्साएर सरकार कु गर्ने प्रयास भईरहेको दावी गर्दै सेरेमोनियल राष्ट्रपतिले त्यस्तो गर्न नमिल्ने ठोकुवा गरे ।
उनले भने–राष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउन उक्साएर स्वयम राष्ट्रपति, लोकतन्त्र र दलहरुको हित हुँदैन बरु मुलुक झन ठूलो अस्थिरता र अराजकतातीर जान्छ । दलका नेताहरुलाई भेटेर राष्ट्रपतिले सरकार परिवर्तन कुरा गर्नु संविधान विपरित हो । त्यो गरे मुलुक द्वन्द्वमा जान्छ ।
उनले राजनीतिक दलको सहमति भएर प्रधानमन्त्रीले पद छाडेको अवस्था बाहेक फेरि बहुमतको अर्को सरकार गठन गर्न नसकिने भन्दै अहिले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कसैले पनि हटाउन नसक्ने ठोकुवा गरे ।
उनले भने–दलहरुवीच सहमति भए प्रधानमन्त्रीले पद छाड्नु हुन्छ वा निर्वाचन भएर अर्को शक्ति आए प्रधानमन्त्री परिवर्तन हुन्छ । अन्तरिम संविधान र अन्तर्राष्ट्रिय प्रचलनअनुसार प्रधानमन्त्री कसैले पनि हटाउन सक्दैन ।
संविधानसभा रहँदै बैद्यानिक सरकारले  घोषणा गरेको निर्वाचन अबैधानिक हुनै नसक्ने समेत उनले स्पष्ट पारे । तर उनले निर्वाचन गर्ने समयको विषयमा भने दलहरुवीच कुराकानी गर्ने अवस्था भने खुल्ला रहेको बताए । निर्वाचनकोलागी सहमति र लोकतन्त्रको लागि निर्वाचनको विकल्प नरहेको भन्दै संसद पुर्नस्थापना विकल्प हुनै नसक्ने उनको तर्क थियो ।
साक्षात्कारमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विपरित काम गर्ने प्रधानमन्त्रीलाई राष्ट्रप्रमुख र संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिले हटाउन सक्ने जिकिर गरे । उनले भने– सरकारले संविधानको उल्लघन गर्दा राष्ट्रपति अगाडि आउन सक्छन । सहमति र विधी टेकेर राष्ट्रपति अगाडि बढ्नुपर्छ ।
यादवले संविधान उल्लघन गरेर निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको हैसियतमा काम गर्न नसक्ने दावी गर्दै संविधान निर्माणको बातावरण बनाउनै नसक्ने सरकारको हैसियत नै नभएको बताए ।
उनले राष्ट्रपतिले संविधानको धारा १५८ बमोजिम अहिलेको बाधा अडकाउन फुकाएर मुलुकलाई निकास दिन अग्रसरता लिनुपर्नेमा समेत साक्षात्कामा जोड दिए । ***
तपाईको प्रतिक्रिया