Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024

काठमाडौं- माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले आफ्नो नयाँ पार्टीको नाम ‘क्रान्तिकारी माओवादी’ राखेको छ ।
राजधानीको बौद्धमा जारी राष्ट्रिय कार्यकर्ता भेलाको बन्द सत्रमा  नयाँ पार्टी घोषणाको तयारीबारे ब्यापक छलफल भएको छ। छलफलमा नयाँ पार्टीको नाम नेकपा माओवादी क्रान्तिकारी या  नेकपा क्रान्तिकारी माओवादी राख्ने प्रस्ताव आएको बताइएको छ । यद्यपि नयाँ नामको घोषणा भने अझै हुन बाँकी छ ।
विहानको बन्दसत्रमा उपाध्यक्ष मोहन  वैद्यले राजनीतिक प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल संशोधनवादी भासमा फसेको र लामो समय प्रयास गर्दा पनि रुपान्तरण नभएकाले सम्बन्धविच्छेद गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरिएको सहभागीले जनाएका छन् ।
उपाध्यक्ष वैद्यले प्रस्तुत गरेको प्रस्तावउपर समूह बनाएर बन्दसत्रमा छलफल चलिरहेको छ ।
यता आइतबार बिहान माओवादी संस्थापन पक्षको स्थायी समिति बैठकले राष्ट्रिय कार्यकर्ता भेलाबाट पार्टी एकताको प्रस्ताव पारित गरेर आउन आग्रह गरेको थियो ।
पार्टी अध्यक्ष  दाहालको निवास लाजिम्पाटमा बसेको पार्टी स्थायी समितिको बैठकले पार्टी एकताको विकल्प नभएको भन्दै त्यसका लागि कार्यकर्ता भेलाबाट प्रस्ताव पारित गरेर आउन उपाध्यक्ष वैद्य पक्षलाई आग्रह गरिएको पार्टी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । ***
तपाईको प्रतिक्रिया