Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024
इटहरी- एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले मोहन बैद्य  पक्षकै कारण संविधानसभा विघटन भएको बताएका छन् ।
सगरमाथा आरोहण गर्ने माओवादीका शिव डाँगी र मदन चुडाँललाई सुनसरीको इटहरीमा आइतबार सम्मान गर्दै गजुरेलले यस्तो बताएका हुन् ।
‘बैद्य समूहको असहयोगले नै संविधानसभा विघटन भएको हो’ उनले भने, ‘पार्टी फुट्छ की भनेर अध्यक्ष प्रचण्डले धेरै ‘कम्परमाइज’ गर्नुभयो तर, बैद पक्ष अन्ततः फुटबाट जुटमा अग्रसर हुन सकेन ।’
बैद्य समूहले सहयोग गरेको भए तोकिएको समयमै संविधान आउने र शान्ति प्रकृया निष्कर्षमा पुग्ने गजुरेलले उल्लेख गरे ।
‘निर्वाचनमा गएर ताजा जनादेश लिएपछि कसको तागत कति हो थाहा भइहाल्छ’ उनले बैद्य समूहले कांग्रेस र एमालेलाई उचालेको आरोपसमेत लगाए ।
तपाईको प्रतिक्रिया