नेपालगन्ज- सशस्त्र द्वन्द्वका समयमा १७ हजार ८०० ले मृत्यु भएको शान्ति तथा पुनःनिर्माण मन्त्रालय, राहत तथा पुनःनिर्माण एकाइका प्रमुख गणेशप्रसाद उपाध्यायले जानकारी दिएका छन्। मध्यपश्चिमस्तरीय द्वन्द्वपीडित तथा प्रभावितलाई प्रदान गरिएको राहतसम्बन्धी नेपालगन्जमा आयोजित अन्तर्क्रियामा एकाइका प्रमुख उपाध्यायले मृत्यु भएकामध्ये १३ हजार ८९३ जनालाई रु एक लाखका दरले प्रदान गरेको बताए।
उनले द्वन्द्वका समयमा मारिएका तत्कालिन शाही नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिले नै रु सात लाखका दरले राहत पाइसकेकाले नौ हजारका परिवारलाई रु दुई लाखका दरले राहत प्रदान गरिएको उल्लेख गरे।
सरकारले विशेष कार्यक्रम ल्याएर मृतकका परिवारलाई थप रु दुई लाख दिएका कारण नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीले यो सुविधा नपाएको पनि शान्ति मन्त्रालयले जनाएको छ।