Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024
काठमाडौं- नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले नेपाल कम्युनिष्ट पार्टी एमालेले जनजाति नेता आङकाजी शेर्पा पार्टीबाट निष्काशन गर्नु लज्जास्पद भएको बताएको छ । एकीकृत नेकपा माओवादीले आयोजना गरेको सभामा वक्ता बनेकै आधारमा पार्टीबाट निष्काशित गर्नु हास्यास्पदमात्र नभई एमालेभित्र मौलाएको अधिनायकवाद भएको महासंघको ठहर छ ।
माओवादीको सभामा वक्ता बनेको भन्दै शेर्पालाई निश्कासन गरिएको दाबी गर्दै लेखीले आदिवासी जनजाति महासंघमा दलीय आधारमा प्रतिनिधित्व नभएको स्पष्ट पारेका छन् । ‘महासंघ न एमालेको भ्रातृ संगठन हो,’ लेखीले लेखेका छन्, ‘न अन्य कुनै राजनीतिक दलको ।’
एमालेले पार्टीको नीति–सिद्धान्त, मूल्य–मान्यता तथा सामाजिक सद्भावको विरुद्धमा सार्वजनिक गतिविधि गर्दै आएका, पार्टीको विधान एवं अनुशासनको सीमा नाघेर माओवादीद्वारा आयोजित सभामा वक्ता बनेर माओवादी सर्वसत्तावादको पक्षपोषणमा उभिएको भन्दै नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका उपसचिव समेत रहेका आङकाजी शेर्पालाई पार्टीको साधारण सदस्यताबाट समेत निश्कासन गरेको थियो ।
तपाईको प्रतिक्रिया