Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- एनआरएन जापानका पूर्वअध्यक्षसमेत रहेका जस्टिस फर गोविन्द इनोसेन्स एड्भोकेसी ग्रुपका राजन प्रधानाङ्गले गोविन्दप्रसाद मैनालीले पठाएको चिठ्ठी आफूले अहिलेसम्म पनि पढ्न नसकेको बताएका छन् ।
पहिलोपटक सार्वजनिक भएपछिको पत्रकार सम्मेलनमा प्रधानाङ्गले १५ वर्षअघिको चिठ्ठी अहिलेसम्म आफूले खोलेर हेर्न नसकेको बताए । ‘मैले गोविन्दले पठाएका धेरै चिठ्ठी पढ्न सकेको छैन,’ उनले भने, ‘पढुँ भन्छु भक्कानो छुटेर आउँछ ।’
जेलमा रहेकाबेला भेट्न जाँदा मैनालीले ‘म निर्दोष छु, दाजु मलाई बचाइदिनुपर्‍यो’ भनेको सम्झँदै उनले भने, ‘उसको अनुहारमा निर्दोषपन झल्कन्थ्यो, मलाई पनि निर्दोष नेपालीलाई जेलमा सडेको हेर्न मन भएन ।’ उनले १५ वर्षदेखिको संघर्षपूर्ण यात्रा पूरा भएकोमा खुसी प्रकट गरे ।
जस्टिस फर गोविन्द इनोसेन्स एड्भोकेसी ग्रुपका जुनको हासुमीले पनि न्यायको लडाईँ जितेकोमा सन्तोष लागेको बताइन् । ‘म साह्रै दुःखी थिएँ,’ उनले भनिन्, ‘एउटा नेपालीले जापानी भूमिमा अपमान पाउँदा, तर आज म उत्तिकै खुसी पनि छु, उसले न्याय पाउँदा ।’ ग्रुपकी अर्की सदस्य क्याकुनोले गोविन्दलाई केही दिन तनावग्रस्त मानसिकताबाट विश्राम दिन आग्रह गरिन् ।
तपाईको प्रतिक्रिया