Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024
काठमाडौं– नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आगामी एक साताभित्र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजिनामा नदिएर पद नछाडे गलहत्याएर निकाल्ने चेतावनी दिएका छन् ।
राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले  प्रधानमन्त्रीले आफै राजीनामा दिएर सहमतिको सरकारको लागि बाटो खुल्ला नगरे आन्दोलनको आँधिबेहरीबाट प्रधानमन्त्रीलाई गलहत्याउने चेतावनी दिएका हुन् ।
उनले अबको कांग्रेस र एमाले नेतृत्वको आन्दोलन तेस्रो जनआन्दोलन हुने दाबी गर्दै बाबुराम भट्टराईले जति समयसम्म राजीनामा दिँदैनन् त्यती समयसम्म मुलुकले क्षति बेहोरिरहनु पर्ने ठोकुवा गरे । उनले भने– ‘बाबुरामजीले पद नछाडेसम्म दलहरुवीच सहमति बन्न सक्दैन र बाबुरामजीको नेतृत्वमा सहमति बन्छ भनेर अब कसैले भ्रममा नपरे हुन्छ । उहाँको नेतृत्वमा सहमति बन्नै सक्दैन ।’
माओवादीसँग मुलुकलाई निकास दिने विषयमा सहमति बनाउन पनि प्रधानमन्त्रीको राजीनामा अनिवार्य रहेको भन्दै आफै नहटे अब राष्ट्रपतिले बहुमत दलको समर्थनमा प्रधानमन्त्रीलाई पदमुक्त गर्ने दावी गरे ।
उनले भने– ‘मैले सहमतिको लागि राजीनामा दिए, झलनाथजीले सहमतिका लागि राजीनामा दिनुभयो, बाबुरामजीले किन दिन नहुने ? उहाँले राजिनामा नदिएर मुलुकमा गृहयूद्ध ल्याउने कुचेष्टा गरिरहनु भएको छ ।’
शनिवार विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत आफूसँगको भेटमा प्रधानमन्त्रीलाई सहमतिकोलागी राजीनामा गराउने प्रतिबद्धता ब्यक्त गरेको जानकारी दिदै नेपालले प्रचण्डलाई विश्वास गर्ने वा नगर्नेमा अन्यौल रहे पनि उहाँले प्रतिबद्धता ब्यक्त गरेकोले आफू सकारात्मक रहेको बताए ।
कामचलाउ प्रधानमन्त्रीले अध्यादेशबाट बजेट ल्याउनै नसक्ने ठोकुवा गर्दे उनले दलहरु र राष्ट्रपति स्वयमले  बजेट रोक्ने दावी गरे । उनले भने– ‘कुनै पनि हालतमा हामि बजेट ल्याउन दिदैनौ । नयाँ सरकारले मात्रै बजेट ल्याउँछ ।’
तपाईको प्रतिक्रिया