Deneme Bonusu Veren Siteler
शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025
काठमाडौं- ‘जेलरले दुःख दिन्थे, बोली पनि तल्लोस्तरको थियो, लुगा पनि त्यस्तै दिएका थिए, मुटु छेड्ने बोली बोल्थे,’ जापानी महिला बलात्कारपछि हत्या गरेको अभियोगमा १५ वर्ष जेल बसेका गोविन्द मैनालीले आफ्नो जेलकथा यतिमात्र सुनाए सके ।
दिउँसो साढे १२ काठमाडौंस्थित त्रिभूवन विमानस्थल ओर्लिउका मैनाली त्यहाँबाट सिधै निवासमा गएर केहीबेर आराम गरेर अनामनगरस्थित युनियन हाउस आएका थिए । पत्रकार, मानवअधिकारवादी, आफन्त र शुभेच्छुकका भीडमा उनी लामो समय बोल्न सकेनन् ।
पत्रकारलाई उनको जेलकथा र व्यक्तिगत प्रश्न नसोध्न भने पनि एकजनाले सोधिहाले । उनले हार्न सकेनन् । जेलमा आफूमाथि यातना पाएको भन्नासाथ आफन्त भक्कानिएन, पत्रकार, अधिकारवादीमा पनि शुन्यता छायो ।
डेढघण्टा चलेको पत्रकार सम्मेलनमा आमा चन्द्रकला, श्रीमती, दाजु ईन्द्र, एनआरएन जापानका पूर्वअध्यक्षसमेत रहेका जस्टिस फर गोविन्द इनोसेन्स एड्भोकेसी ग्रुपका राजन प्रधानाङ्ग, जुनको हासुमी, क्याकुनो उपस्थित थिए । क्याकुनोले गोविन्द थकित रहेको र बढि प्रश्न नसोध्न पटक पटक आग्रह गरिन् ।
मैनालीले न्यायालय, मुलुक र जापानप्रति पनि आक्रोस पोखेनन् । बडो संयमित भएर भन्दैथिए, ‘मुद्दा किनारा लागेको छैन, म यसमा केही बोल्न चाहन्न ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया