Deneme Bonusu Veren Siteler
शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025
काठमाडौं- जापानी महिला बलात्कारपछि हत्या गरेको अभियोगमा १५ वर्ष जेल बसेका गोविन्द मैनालीले आफ्नो रिहाइका लागि सहयोग गर्नेहरुप्रति धन्यवाद दिएका छन् । नेपाल आएलगत्तै अनामनगरमा भएको पत्रकार सम्मेलनमा उनले लिखित विज्ञप्तीमार्फत धन्यावाद दिएका हुन् ।
मैनालीको विज्ञप्तीको पूर्णपाठः
आदणीय पत्रकार मित्रहरु
नमस्कार
गत जुन ७ तारिकको जापान उच्च न्यायालयको निर्णयअनुसार मेरो मुद्धामा पुनर्विचार हुने भएकाले सम्माननीय अदालतको आदेशअनुसार मेरो रिहा भएको यहाँहरुलाई विविदै छ । यो मुद्दामा अन्तिम फैसला हुन बाँकी छ । निर्दोष छँदाछँदै पनि १५ वर्ष जेल जीवन विताउन बाध्य भएकोमा म दुःखी छु, । ढिलै भए पनि मैले न्याय पाएको छु र अन्तिम फैसलामा पूर्ण सफाइ पाउनेमा म ढुक्क छु ।
मेरो कानुनी लडाईँको लामो श्रृङ्खलामा मलाई प्रत्यक्ष परोक्ष ढङ्गले नैतिक र भौतिक सहयोग पुर्‍याउने सवै व्यक्ति र संस्थाहरुलाई म मन मष्तिष्कदेखि कृतज्ञता जनाउन चाहन्छु । खासगरी टोकियो उच्च न्यायालय, मेरा लागि लामो समयदेखि आउनुभएका वकिलहरु र विशेषगरी Juscice For Govinda Innocence Advocacy Group का सम्पूर्ण सदस्यहरुलाई म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु । तपाईँहरुले गरेको म र मेरो परिवारप्रतिको सेवा र सहयोगलाई संसारकै अति उत्कृष्ट र निस्वार्थ मानवीय सेवा गन्न सकिन्छ भन्ने मलाई लाग्छ । यो विशिष्ट योगदानको लागि म तपाईहरुलाई विशेष ज्ञन्यवाद दिँदै भविष्यमा यो सेवाको ऋण चुकाउने सतत प्रयास गर्नेछु ।
पत्रकार तथा मानवअधिकारवादी संस्थाहरुले ममाथि भएको अन्यायका विरुद्ध जे जति आवाज उठाएर मलाई सहयोग पुर्‍याउनुभएको छ, त्यसका लागि म धन्यवाद बाहेक अहिले केही भन्न सक्दिन । यत्तिका वर्षपछि आफ्नो परिवारसँग भेट्न र फेरि दुःखसुख बाँडेर बस्न पाउने क्षण आएकोमा म हर्षले रोएको छु । लामो दैनिकीपछि शान्तिपूर्वक आराम गर्न मातृभूमिमा आउन पाएकोमा म यहाँहरुले सोचेभन्दा बढी खुसी छु ।
अनाहकको अभियोगमा १५ वर्षदेखि थुनामा रहेको र रिट्राइलको आग्रहसमेत भइरहेको अवस्थामा आफ्नो एउटा नागरिकको अधिकार-रक्षाप्रति नेपाल सरकारले चासो नराखिदिएकोमा म त्यही पीडित नागरिकको मैसियतले दुःखीत छु । मेरोजस्तो राज्य पक्षबाट सुनुवाइ हुन नसकेको अवस्थामा अरु नेपाली नागरिकरु नपरुन् भनेर म विन्ती गर्न चाहन्छु ।
धन्यवाद ।
गोविन्दप्रसाद मैनाली
जुन १५, २०१२
काठमाडौं ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया