Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024
काठमाडौं- नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले माओवादीका अध्यक्ष प्रचण्डले नया शिराबाट वार्ता गर्न सबै दलहरुलाई आव्हान गरे पनि प्रधानमन्त्रीले राजीनामा दिएर वार्ताको बाटो खुला नगरे माओवादीसँग कुनै किसिमको वार्ता नहुने बताएका छन्  ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा प्रतिबन्ध त्रैमासिक पत्रिकाले आयोजना गरेको संविधान निर्माणमा अबको विकल्प विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै लेखकले अब माओवादीसँग काँग्रेसको वार्तार् प्रधानमन्त्रीको राजीनामा पछि मात्र सम्भव भएको बताएका हुन् ।
माओवादीले सत्ता कब्जाकै उद्देश्यबाट संविधानसभाको विघटन गरेको भन्दै लेखकले थपे- अब बार्ता र सम्बादका लागि प्रधानमन्त्रीले राजीनामा दिनैपर्छ कांग्रेससँग दोस्रो विकल्प छैन ।
एमाओवादीका पोलिटव्युरो सदस्य नवराज सुवेदीले संविधानसभालाई प्रतिपक्षी दलका नेताहरुले फूटबल बनाएका कारण भंग भएको ठोकुवा गरे । उनल भने- जबसम्म संविधानसभाबाट संविधान बन्दैन तबसम्म अन्तरिम संविधान जिवीत रहन्छ, अन्तरिम संविधानकै आधारमा टेकेर दलहरुबीचको सहकार्यमा संविधान निर्माणका विकल्पहरु निकाल्नुपर्छ ।
तपाईको प्रतिक्रिया