काठमाडौ- एकीकृत नेकपा माओवादीको वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षको राष्ट्रिय कार्यकर्ता भेला काठमाडौको वौद्धमा शुरु भएको छ ।
शनिवार शुरु भएको भेला पार्टी फुटाउनका लागि बोलाइएको भन्ने कुरा गलत भएको माओवादीका सचिव सिपी गजुरेलले बताउनुभयो ।
आफुहरुले पार्टी फुटाउन भेला आव्हान नगरेको गजुरेलले दावी गर्नुभयो । भेलामा देशभरबाट झण्डै १२ सय जना सहभागी भएका छन् ।
बन्दसत्रमा उपाध्यक्ष वैद्यले राजनीतिक र महासचिव रामबहादुर थापा बादलले सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।
स्रोतका अनुसार प्रतिवेदनमा शान्ति र संविधानको नारा लगाएर जनयुद्धको उद्देश्य, मर्म र भावनालाई लत्याएको आरोप पनि लगाइएको छ । बैठकमा सैन्य प्रतिवेदन, आर्थिक लगायतका प्रतिवेदन पनि पेश गर्ने कार्यक्रम छ ।