टोकियो– जापानले गएको वर्ष सुनामीका कारण क्षतिग्रस्त भएपछि बन्द गरिएका परमाणु संयन्त्रमध्ये दुईवटा संयन्त्र पुनः सन्चालन गर्ने भएको छ । जसमध्ये एउटा परमाणु प्लान्ट तीन हप्ता भित्र शुरु भईसक्ने अधिकारीहरुले बताएका छन् ।
प्रधानमन्त्री योशिहिको नोडाले परमाणु संयन्त्र सञ्चालन गर्ने सरकारको कदमलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । भुकम्प र सुनामीका कारण क्षति पुगेपछि जापानका ५० वटा परमाणु संयन्त्र नियमीत मर्मत सम्भारका लागि भन्दै बन्द गरिएका थिए ।
परमाणु उर्जाबाट जापानको बिजुलीको मागको एक तिहाई हिस्सा आपूर्ति हुँदै आएको छ । कानुनविद् तथा सर्वसाधारणले परमाणु उर्जाको सार्वजनिक रुपमा विरोध गर्दै आएका छन् । उनीहरुले परमाणु उर्जा संयन्त्र मानवजीवनका लागि जोखिमपूर्ण भन्दै सधैंका लागि बन्द गर्नुपर्ने माग गरेका छन् ।