Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025
काठमाडौं- भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनी शनिबार बिहान काठमाडौँ आइपुगेका छन् ।
एयर इन्डियाको फ्लाइटबाट बिहान ९:१५ मा काठमाडौं  आइपुगेका भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीले दक्षिण एशियाकै क्रिकेट माथि रहेको बताउँदै नेपाल अर्को एक राम्रो क्रिकेट टोलीको रुपमा उदाउनु पर्ने बताएका छन्।
‘दक्षिण एसियामा क्रिकेट लोकप्रिय छ, नेपाललाई पनि भविष्यलाई बलियो टिम भएको हेर्न चाहन्छु,’ नेपाल आएलगत्तै त्रिभूवन विमानस्थलमा उनले भने, ‘नेपाली क्रिकेट अगाडि बढ्दैछ, भविष्यमा अझ राम्रो हुँदै जानेछ भन्ने मलाई विश्वास छ ।’
झन्डै १० मिनेट लामो पत्रकार सम्मेलनमा उनले नेपालको क्रिकेट माथि पुर्‍याउन पूर्वाधार निर्माणमा जोड दिए। नेपाली क्रिकेट बारे सुने पनि व्यस्त तालिकाले गर्दा पछ्याउन नभ्याएको उनले बताए।
पत्रकार सम्मेलनपछि धोनी याक एण्ड यति होटलतर्फ लागेका छन्। उनको नेपाल भ्रमणको संयोजन भारतीय दूताबासले गरिरहेको छ।
आइतबार बिहान पशुपतिनाथको दर्शन गरी उनी भारत फर्कने कार्यक्रम छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया