Deneme Bonusu Veren Siteler
आइतबार, चैत्र ०२, २०८१
Sunday, March 16, 2025
काठमाडौं- एसएलसी परीक्षामा असफल थप ४ परीक्षार्थीले आत्महत्या गरेका छन्। बाँके, कञ्चनपुर र सिन्धुपाल्चोकका परीक्षार्थीले आत्महत्या गरेका हुन्। बिहीबार सात परीक्षार्थीले आत्महत्या गरेका थिए।
प्रहरी प्रधान कार्यालयका अनुसार बाँके शमशेरगन्ज-७ का १६ वर्षे नेत्रबहादुर थापाले बिषादी खाएर आत्महत्या गरेका छन्। एसएलसी परीक्षामा असफल भएका उनलाई बिहीबार बेलुका बिषादी खाएर असक्त भएको अवस्थामा फेला पारेपछि उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो।
कन्चनपुर, सुडा-२ की २० वर्षे आशा रैकालले झुन्डिएर आत्महत्या गरेकी छन्। उनले पनि बिहीबार बेलुका घरको धुरीमा चुन्निको पासो लगाएर आत्महत्या गरेकी हुन्। सिन्धुपाल्चोक, पांग्रेटारकी १७ वर्षे सुशीला तिमल्सिनाले पनि बिहीबार बेलुकै डोरीको पासो लगाएर आत्महत्या गरेकी छन्।
ठानामौला गाविस-९ अर्चलेकी १७ वर्षीया दुर्गा अधिकारीले बिहीबार दिउँसो कालीगण्डकीमा हामफालेर आत्महत्या गरेकी हुन्। ठानामौलास्थित जनज्योति उच्चमाविकी एक्जाम्टेड परीक्षार्थी अधिकारीले पूरकमा समेत उत्तीर्ण हुन नसकेपछि आत्महत्या गरेको बताइएको छ।
बिहीबार बिहान काठमाडौंमा निरुता कार्की, रुविना कार्कीले आत्महत्या गरेका थिए। धादिङ ज्यामरुङकी १७ वर्षे रेश्मा कँडेल, विराटनगरकी मधु देवान, नेपालगन्जकी प्रतीक्षा शर्मा, पाल्पाकी सरिता राना र जनकपुरकी सेखाकुमारी सिंहले एसएलसी अनुत्तीर्ण भएपछि आत्महत्या गरेका छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया