काठमाडौं– रियो सम्मेलनमा भाग लिन ब्राजिल जान लागेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसँग भेट्ने भएका छन् ।
जुन २० देखि सुरु हुने सम्मेलनमा दुई प्रधानमन्त्रीबीच भेट हुने काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘भेटमा नयाँ एजेन्डामा छलफल हुनेछैन,’ स्रोत भन्छ, ‘द्विपक्षीय हितका बारेमा कुराकानी हुनेछ ।’
कामचलाउ हैसियतमा रहेका प्रधानमन्त्रीको ब्राजिल भ्रमणको भने विरोध हुँदै आएको छ ।