काठमाडौं- नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ्काजी शेर्पाले माओवादीका तीन नेता पुष्पकमल दाहाल, मोहन वैद्य र बाबुराम भट्टराई प्रधानमन्त्रीको खेलमा लागेकाले पहिचानको मुद्दा ओझेलमा परेको बताएका छन्।
माओवादीले खुलामञ्चमा आयोजना गरेको आमसभामा बोल्दै उनले यस्तो बताएका हुन।
खुलामञ्चमा भएको जनसभामा शेर्पाले दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले राजधानीका सवै पाँचतारे होटलमा बसे पनि सहमति नगरेको बताए ।
आङकाजीले संघीयताविरोधी भन्दै कांग्रेस, एमालेको आलोचना गरे । उनी अहिले पनि एमाले सोलुखुम्बुका उपसचिव हुन् ।
शेर्पाले माओवादीले संघीयतासहितको संविधान मुद्दालाई स्थापित गर्न सक्ने भन्दै पार्टी एकता गर्न सुझाव दिए ।
यसअघि माओवादी पोलिट्ब्युरो सदस्य हिसिला यमी र माओवादी नेतृ शशि श्रेष्ठले सम्बोधन गरेका थिए ।