Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024
काठमाडौं–नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राजनीतिक सहमतिलाई नयाँ ढंगले अघि बढाउनुपर्ने भन्दै संविधानसभाबाटै संविधान बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
पार्टीको सञ्चार ईलाका कमिटीले गरेको भेलामा बोल्दै अध्यक्ष खनालले दलहरुबीच सहमति भएपनि मंसीर ७ मा संविधानसभाको चुनाव सम्भव नभएको बताउनुभयो ।
तराई मधेशलाई छुट्टै राष्ट्र र पहाडलाई छुट्टै राष्ट्र बनाएर मुलुक विखण्डन गर्ने षडयन्त्र भईरहेको भन्दै त्यस्तो प्रयासका विरुद्ध सबै लड्नुपर्ने बताउनभयो ।
पार्टीको आन्तरिक विवाद बारे बोल्दै खनालले आदिवासी जनजाति लगायतका माग सम्बोधन गर्न पार्टी तयार रहेको बताउनुभयो ।
तपाईको प्रतिक्रिया