Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025
काठमाडौं- विपक्षी २७ दल, राप्रपा नेपाललगत्तै एकीकृत नेकपा माओवादीले शुक्रबार राजधानीको खुलामञ्चमा आमसभा गरेको छ ।
खुलामञ्चमा कांग्रेस-एमालेसहितका २७ साना दल र संवैधानिक राजसंस्था माग गर्दै आएको राप्रपा नेपालले अलग अलग आमसभा गरेका थिए ।
पहिचानसहितको संघीय गणतान्त्रिक संविधान निर्माण र संघीयताविरोधीको भण्डाफोरका लागि भन्दै माओवादीले सभा आयोजना गरेको हो । सभामा अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गरे ।
माओवादीको विशेष केन्द्रीय ब्यूरोले आयोजना गरेको आमसभामा माओवादीकै उपाध्यक्ष मोहन वैद्य समूह सहभागी भएन। वैद्य समूहले शनिबारदेखि नै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।
भेलामा दाहाल, भट्टराई र श्रेष्ठले पहिलेजस्तो अन्य राजनीतिक दललाई गाली गरेनन् । उनले पार्टी उपाध्यक्ष मोहन वैद्यलाई एकताको प्रस्ताव पारित गरेर आउन आह्वान गरेका छन्। ‘किरणजी यो सभामा हुनु भएको भए कति राम्रो देखिनेथियो,’ खुलामञ्चमा बोल्दै उनले भने, ‘मुलुकको संकटको घडीमा पार्टी फुटाउने काम नहोस्।’ उनले वैद्यपक्षहरु भेलामा जुटिरहेको प्रसंग जोड्दै भने, ‘एकताका लागि नेतृत्व परिवर्तनको छलफलका लागि पनि तयार छौं।’
माओवादी उपाध्यक्ष तथा प्रधान मन्त्री बाबुराम भट्टराईले संविधान सभा माओवादीले विघटन गराएको आरोप लगाएर कङ्ग्रेस र एमालेले दिउसै रात पार्न खोजेको बताएका छन्। संविधान निर्माणका क्रममा मुख्य मुद्दा सङ्घीयतालाई अन्तिममा राख्‍नु आफूहरुको गल्ती भएको पनि बताए। उनले संविधानविनै संविधान सभा विघटन गर्नुपरेकामा माफीसमेत मागेका थिए।
उनले पार्टी विभाजन रोक्ने हो भने आफूले राजिनामा दिनेसमेत उद्‍घोष गरे।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कङ्ग्रेस-एमालेलाई राष्ट्रिय सहमतिका लागि जुट्न आह्‍वान गरेका थिए। राजधानीको खुलामञ्चमा भइरहेको आमसभामा उनले कङ्ग्रेस-एमाले बिना नयाँ चुनावमा जान नसक्ने भएकाले तत्‍काल सहमतिमा आउन आग्रह गरेका हुन्। उपाध्यक्ष श्रेष्ठले आफ्नै पार्टीका अर्का खेमाका नेता मोहन वैद्यलाई समेत एकताका लागि आग्रह गरेका छन्। उनले विगतका कमीकमजोरीलाई समीक्षा गर्दै अगाडि बढ्ने आश्‍वासन पनि वैद्यलाई दिलाउने बताए।
एक  लाख जनता उतार्ने घोषणा गरेका दाहालले आफ्नो सभामा पनि कम उपस्थिति देखेपछि निरास भए । तर पनि उनले भने, ‘अरुले गाएको र हामीले सुसेलेकै कति फरक छ ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया