Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024
काठमाडौं- सरकारले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले बमलाई सहिद घोषणा गर्दै उनको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
विवादास्पद फैसलाका कारण महाअभियोग लगाउने प्रक्रियामा रहेकै बेला जेठ १८ गते बंगलामुखी मन्दिरबाट फर्कने क्रममा उनको हत्या भएको थियो। शंखमुलको युएन पार्क नजिकै मोटरसाइकलमा आएका अज्ञात दुई व्यक्तिले गोली हानी न्यायाधीश बमको हत्या गरेका थिए। हत्याको दुई हप्ता बितिसक्दा पनि प्रहरीले अपराधी पहिचान गर्न सकेको छैन।
त्यस्तै मन्त्रिपरिषद् बैठकले पत्रकार यादव पौडेल हत्याको विषयमा छानविन गर्न गठिन उच्चस्तरीय न्यायिक आयोगलाई १५ दिनको समय थप गरेको छ । सरकारले पूर्वन्यायाधीश केशवप्रसाद बस्यालको संयोजकत्वमा सहन्यायाधिवक्ता युवराज सुवेदी र प्रहरी नायव महानिरीक्षक टपेन्द्रध्वज हमाल सदस्य रहेको उच्चस्तरीय न्यायिक आयोग गठन गरेको थियो ।
पत्रकार पौडेलको शव गत चैत २१ गते विर्तामोडस्थित नयाँ बसपार्कमामा रहेको पूर्वाञ्चल सेकुवा कर्नर एन्ड गेस्ट हाउस नजिकैको सडकमा फेला परेको थियो ।
तपाईको प्रतिक्रिया