Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024
काठमाडौं- नेपालीले आफ्नो घरमा पनि राष्ट्रिय झण्डा राख्न पाउने भएका छन् । मन्त्रिपरिषद्ले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि २०६९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि सर्वसाधारणलाई निजी निवासमा राष्ट्रिय झण्डा फहराउने छुट थिएन ।
नेपाली सर्वसाधारणले पनि अव आफ्नो निजी निवासमा नेपाली राष्ट्रिय झण्डा फहराउन पाउने भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्द्धारा जारी कार्यविधिको दफा ९ मा भनिएको छ, ‘राष्ट्रिय झण्डाको मर्यादा र सम्मानमा आँच नआउनेगरी सर्वसाधारण नागरिकले समेत निजी निवासमा राष्ट्रिय झण्डा फहराउन वा प्रयोग गर्न पाउने छन् ।’ यसअघि तोकिएको सरकारी कार्यालय र स्थानमा मात्र राष्ट्रिय झण्डा फहराउन पाउने व्यवस्था रहेको थियो ।
निजी निवासमा झण्डा फहराउनेले पनि राष्ट्रिय शोकका दिन अनिवार्य झण्डा झुकाउनुपर्ने छ । विश्वका धेरै देशका नागरिकलाई निवासमा झण्डा फहराउने छुट छ ।
तपाईको प्रतिक्रिया