Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024
काठमाडौं- कुवेत पुगेका ६ जना नेपालीलाई जबरजस्ती बंगलादेशीको बिल्ला भिराएर फर्काइएको छ । त्यहाँको अध्यागमन विभागले बंगलादेशी नागरिक भएको आशंकामा फर्काएको हो ।
यसअघि नेपाली राहदानीमा बंगलादेशी नागरिक कुबेत पुगेको भेटिएकाले उनीहरु घानमा परेका हुन् । अध्यागमन विभागले फाटो नेपालीको जस्तो नदेखिएको भन्दै कुबेत छिर्न नदिएपछि उनीहरु निरास भएर फर्किएका हुन् । सवै कामदारहरु नेपालका विभिन्न म्यापावर र एजेन्सीमार्फत वैध बाटोबाटै कुवेत गएका थिए ।
बंगलादेशीले कुवेती नागरिकलाई हत्यागरेपछि त्यहाँ बंगलादेशी माथिप्रतिबन्ध लगाइएको छ । बंगालीहरु नेपाली राहदानीमा फोटो परिवर्तन गरी तथा राहदानीनै बनाएर कुवेत जाने गरेको छन् । यही शंकाका कारण नेपालीहरुलाई फर्काइएको हो ।
फकाईनेमा भण्डारी ओभरसिजका चार, रिलायन्स ओभरसिजका दुई र अनेस्टी ओभरसिजका एक जना कामदार रहेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव सुवर्ण श्रेष्ठले जानकारी दिए ।
तपाईको प्रतिक्रिया