Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024
काठमाडौं– गोरखा जिल्ला फुजेल गाविस ७ का कृष्णप्रसाद अधिकारीको हत्यारालाई प्रधानमन्त्री कार्यालयबाट संरक्षण भईरहेको आरोप दाजु नूरप्रसाद अधिकारीले लगाएका छन् ।
हत्यामा संलग्न कृष्णप्रसाद अधिकारी, जानुका पौडेल, छविलाल पौडेल, भीमसेन पौडेल, पर्शुराम पौडेल, रामप्रसाद अधिकार, विष्णु तिवारी र कालीप्रसाद अधिकारी मध्ये जानुका पौडेल प्रधानमन्त्री कार्यालयको सचिवालयमा कार्यरत रहेको र उनले सो विषयलाई नउठाउन बारम्बार चेतावनी दिईरहेको उनले दावी गरे ।
विहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मृतकका दाजु नूरप्रसाद अधिकारीले २०६१ जेठ २४ गते कृष्णप्रसाद अधिकारीको हत्या गरे पछि मामाको छोरा प्रकाश लामिछानेलाई अपहरण गरी मार्न खोज्ने जानुका पौडेलले सचिवालयबाटै आफु र बुबा आमालाई भाइ मारेको विषयलाई स्थगित गर्छस भने गर नत्र तेरो बंशनाश गरिदिन्छु भन्दै धम्की दिईरहेको बताए ।
भाइका हत्यारा र प्रकाश अपहरणका प्रमुख योजनाकार जानुका पौडेलको भनसुनका आधारमा आफुलाई  प्रधानमन्त्री सचिवालयले सिंहदरबार जाँन समेत रोक लगाएको जानकारी दिए ।
गोरखाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद भट्टराईसँग हत्याराहरुलाई कारवाहीको लागि माग गर्दा तपाई नेपाली कुरा बुझ्नुहुन्छ भन्दै मलाई गोरखामा जानसमेत रोक लगाएको आरोप लगाए ।
उनले हत्यारालाई कारवाही र मृतकका परिवारलाई उचित क्षती पूर्तिकोलागी पहल गरिदिन सम्बन्धी सबै पक्षसँग पत्रकार सम्मेलनमार्फत आब्हान गरे ।
तपाईको प्रतिक्रिया