Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024
काठमाडौं- युरोपेली मुलुकका राजदूतहरुले एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटी नेपालको राजनीतिक भविष्यबारे चासो राखेका छन्।
बिहिबार बिहान दाहल निवास लाजिम्पाटमा यूरोपेली युनियनमा आवद्ध देशका राजदूतसंगको भेटमा प्रचण्डले सहमतिका लागि सबैदललाई आग्रह पनि गर्नुभयो । उहाँले अहिलेको बजेट पनि सहमतिमा ल्याउनुपर्ने बताउनुभयो । युरोपेली देशका राजदूतहरुले संविधानसभाको चुनाव, पुनरस्थापना र बजेट लगायतका विषयमा प्रचण्डसंग अब के हुन्छ भनेर जिज्ञासा राखेका थिए ।
जवाफमा दाहालले पहिचानमा आधारित संघीयतासहितको संविधान जारी गर्ने विषयमा पार्टीहरुबीच समझदारी हुन नसकेकाले संविधानसभा विघटन हुन पुगेको बताउँदै आफू अन्तिम समयसम्म सहमतिका लागि प्रयास गरिरहे पनि संविधान जारी हुन नसकेको बताए । उनले फेरि पनि सहमतिको कुनै विकल्प नभएको बताउँदै राजनीतिक दलहरुबीच एउटा उच्च प्रकारको राजनीतिक संयन्त्र सहमतिका आधारमा बन्नुपर्ने र त्यसले समग्र कुराको हल गर्नुपर्ने समेत बताए। ***
तपाईको प्रतिक्रिया