Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024
काठमाडौ- नेपाली सेनाको लेफ्टिनेन्टमा जागिर लगाइदिने भन्दै ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सल्यान घर भएका तीन युवकलाई लेफ्टिनेन्टमा जागिर लगाइदिने भन्दै ठगि गर्ने रामेछाप फुलासीका प्रमोद गुरुङलाई पक्राउ गरेको हो ।
नेपाली सेनाको क्याप्टेन भएको बताउँदै गुरुङले सल्यान कजेका वीरेन्द्र भण्डारी, संजयकुमार तिरुवा र जीवन अधिकारीबाट १५ लाख रुपैंया लगेका थिए । नेपाली सेनाको मेजरको ड्रेस लगाएर आफु प्रधानसेनापति छत्रमानसिंह गुरुङको भाइ बताउँदै ठगि गरेको प्रहरीले जनाएको छ ।
गुरुङले भण्डारीबाट ८ लाख, तिरुवाबाट  ३ लाख र अधिकारीबाट ३ लाख रुपैंया लगेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया