Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024
विराटनगर– कामचलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले मुलुकको निकासका लागी राष्ट्रिय सहमतीको सरकार निर्माण गरेर संविधानसभाको चुनाव गर्नुको विकल्प नभएको बताउनुभएको छ ।
विराटनगर विमानास्थलमा आज संचारकर्मीहरुसंग कुरा गर्दै उहांले संविधानसभाको पुर्नस्थापना नगरी दलहरुविच राष्ट्रिय सहमती कायम गरेर संविधान, ऐन नियमहरु परिमार्जन गरी संविधानसभाको चुनाव मुलुकको समस्याको अन्तीम समाधान भएको दावी गर्नुभएको हो ।
सर्वोच्च अदालतले समेत अर्को संविधानसभाको चुनावको संभावना देखाएको ,राज्यका सबै निकाय जिवित रहेको र मधेशी मोर्चा, आदीवासी जनजाती लगायतले संविधानसभावाटै संविधान बन्नु पर्ने अडान राखेको कारण चुनावको विकल्प नभएको ठोकुवा गर्नुभयो । सहमतीको लागी कांग्रेस र एमाले लगायतका दलहरुले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने शर्त राखेको विषयमा उपप्रधानमन्त्री गच्छदारले प्रधानमन्त्री डा.  बाबुराम भट्टराईले राजीनामा नदिने ठोकुवा गर्दै कामचलाउ प्रधानमन्त्रीले नै चुनाव गराउने भएकोले उहांले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताउनुभयो ।  उपप्रधानमन्त्री गच्छदारले बजेट विनाको राज्य नहुने भएकोले सरकारले संसद नभएकोले सहमतीको आधारमा अध्यादेशवाट बजेट ल्याउने बताउनुभयो । ***
तपाईको प्रतिक्रिया