Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – म्याग्दी जिल्ला  पुलाचौर गाबिस- ९ बगुवा घर भई रोजगारीका सिलसिलामा साढे दुई बर्ष अगाडि जापान आएका बालकुमार बानियाको बुधबार बिहान टोकियो नाकानो अस्पतालमा निधन भएको छ ।

४९ बर्षीय बानिया हेपाटाईटिस “बि” रोगले ग्रस्त थिए । केहि बर्ष अगाडिदेखि काठमाडौको बालाजुको माछापोखरीमा बस्दै आएको बानिया परिवारका ३ छोराहरु डोलेन्द्र, गणेश र पुरण यहि जापानमा छन् भने श्रीमती नेपालमा छिन् ।

उपचारकैक्रममा नाकानो अस्पतालमा आज बिहान १०.३० बजे बानियाको मृत्यू भएको म्याग्देली सञ्जाल जापानका वरिष्ठ उपाध्यक्ष महेन्द्र बानियाले अस्पतालबाट बताउनुभएको छ । उहाँकाअनुसार आउँदो आइतवार अपरान्ह ३ बजे सिन्जुकु नजिकै हातागयामा स्वर्गिय बालकुमार बानियाको अन्तिम सँस्कार गरिने भएको छ । ***

 

तपाईको प्रतिक्रिया