Deneme Bonusu Veren Siteler
बुधबार, भाद्र २६, २०८१
Wednesday, September 11, 2024
काठमाडौं– शान्ति तथा पुनः निर्माणमन्त्री टोपबहादुर रायमाझीले पाँच बुँदे सहमति कांग्रेस र एमाले लगायतका दलहरुले कार्यान्वयन गरे प्रधानमन्त्रीले पद छाड्ने स्पष्ट पार्दै कसैले सडकबाट माग्दैमा अहिले प्रधानमन्त्रीको राजिनामा कुनै पनि हालतमा नआउने बताए ।
रिपोर्टर्स क्लब नेपालले मंगलवार आयोजना गरेको साक्षात्कारमा उनले भने–अब सहमतिको सरकार पनि प्रधानमन्त्री डा बाबुराम भट्टराईकै नेतृत्वमा बन्नुपर्छ । त्यसको विकल्प छैन । १०२ दल भएको मुलुकमा सत प्रतिसत सहमतिको सरकार बन्नै सक्दैन । कांग्रेस र एमालेले दिमाग सम्हालेर सहमतिमा जानुपर्छ ।
उनले बर्तमान सरकार कार्यकारी अधिकार सम्पन्न भएको दावी गर्दै राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाउन नसक्ने ठोकुवा गरे । उनले भने–राष्ट्रपति संविधान अनुसार नै चल्नुपर्छ । राष्ट्रपतिले प्रधानमन्त्री हटाउन असम्भव छ ।
उनले संसद नभएको अवस्थामा अध्यादेशबाट बजेट नल्याए कहाँबाट ल्याउने भनि प्रश्न गर्दै सरकारले अध्यादेशबाट ल्याउने बजेट राष्ट्रपतिले  रोक्नै नमिल्ने दावी गरे । उनले भने– अहिले बजेट ल्याउन हुँदैन भन्नु आफ्नै खुट्टामा  बन्चरो हान्नु हो ।
कांग्रेस र एमालेले मुलुकमा लादेर धमिलो पानीमा माछा मार्ने षडयन्त्र गरेको आरोप लगाउँदै मन्त्री रायमाझीले लोकतान्त्रिक पद्धतिअनुसार चल्ने भए ताजा जनादेशमा जानै पर्ने बाध्यता सुनाए ।
उनले अब यूद्धको र पुरानै सत्ताको धङधङी बोकेर  मुलुक चल्न नसक्ने भन्दै मुलुकमा खतरनाक ध्रुविकरणको आशंका ब्यक्त गरे । ***
तपाईको प्रतिक्रिया